तानसेन २६ पुस।सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । ‘इएफ्टी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइएको पञ्जीकरण शाखाका प्रमुख भोजराज भट्टराईले जानकारी दिनुभयो । सम्झौता गरिएको नेपाल बैंकको खातामा सम्बन्धित…