खेलकुद

नीजी क्षेत्रको पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला तयार हुने चरणमा



रूपन्देही, २५ पुस। निजी क्षेत्रको पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला तयार हुने चरणमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति गौचनले वताएका छन् । रूपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो सातासम्म तयार हुने उनले बताएका छन्।तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन मैदानमा रहेका सात वटा पिच फागुनदेखि प्रतियोगिताका लागि योग्य हुने गौचनले जानकारी दिएका हुन्। उनी रंगशालाको ब्राण्ड एम्बासडर हुन्।गौचनले यो मैदानको उद्घाटन प्रतियोगिता राख्ने योजना रहेको बताए। उनले सन् १९९६ को नेपाली राष्ट्रिय क्रिकेट टोली, सन् २०१४ को राष्ट्रिय टोली र केही अन्य टोलीबीच टी–१० श्रृंखला आयोजना गर्ने योजना रहेको जानकारी दिए।
रंगशालामा क्युरेटर माधव पाठकले काम गरिरहेका छन्। रंगशालामा पेभेलियन र ड्रेसिङलगायतका कोठा निर्माण पनि भइरहेको छ। रंगशालामा तत्कालका लागि दर्शक सिट पाँचहजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइँदैछ। हाल रंगशालामा निर्माण गर्ने क्रममा खराब मौसमले केही प्रभावित भइरहेको छ। मैदानमा घाँस रोप्ने काम भइरहेको छ। केही स्थानमा भने रोपिएका घाँस काट्ने काम भइरहेको छ। फागुनबाट राम्रो पिच तयार हुने क्युरेटर पाठकले बताए। केही दिनमा पिचको काम हुनेछ भने आउट फिल्डको काम पनि शुरु हुनेछ।रंगशाला एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरको सक्रियतामा बनेको हो । रंगशालामा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता या अन्य खेलको सम्भाव्यता हेर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द र क्यानका पूर्वकार्यवाहक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका छन्।

प्रकाशित : २५ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६