नेपालगन्ज, १४ माघ । सीमापारि भारतको रुपैडिहास्थित अध्यागमन कार्यालयका कारण नेपालगन्ज नाका हुँदै आउने र जाने तेस्रो मुलुकका पर्यटकको आवागमन करिब चार वर्षदेखि बन्द छ । कोभिडका कारण २०७६ साल फागुनदेखि भारत सरकारले रुपैडिहास्थित अध्यागमनबाट तेस्रो देशका नागरिकको आवागमन बन्द गरेपछि भारतीय स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक नेपाल छिर्न पाएका छैनन् । कोभिड समस्या समाधान भइसकेपछि भैरहवालगायतका…