कर्णाली, ५ चैत ः गत फागुन २३ गते बलात्कारपछि हत्या भएको भनिएको इनिशा मृत्यु प्रकरण कर्णाली प्रदेशसभामा प्रवेश गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको आज बसेको पाँचौँ बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले इनिशा विकको हत्या प्रकरणले समाजको निकै डरलाग्दो अवस्थामा पुगेको बताउनुभयो । युट्युबहरूले आफ्ना ‘भ्यूज’ र ‘सब्सक्राइबर’ बढाउने कार्यले…