बुटवल, भदौ ८ लुम्बिनी प्रदेशमा सत्ता समीकरण परिवर्तनसँगै मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेकपाका तीन मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणले औपचारिकता पाएको हो।प्रदेश प्रमुखको कार्यालयले सोमबार प्रदेशसभा सचिवालयलाई पठाएको पत्रअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। प्रदेश प्रमुख समक्ष…