काठमाण्डौ, ०५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले मानव कल्याणको क्षेत्रमा डाक्टर रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनुभयो । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने पनि प्रचण्डको भनाइ छ ।…