कपिलवस्तु, १६ वैशाख । कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरू जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि कपिलवस्तुको बाणगंगा ९ मा अहिले पानीको पुनर्भरण गर्न रिचार्ज पोखरी निर्माण गरिएको छ । राष्ट्रपति चुरे तराई– मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल मार्फत बाणगंगाको वडा नम्बर ९ भर्लाबासमा अहिले ति पोखरी बनाएर पनि भरिएको हो…