काठमाण्डाै, ०९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई आज मङ्गलवार बिहान बालुवाटारमा भेट्दै उहाँले यस्ताे प्रतिबद्धता गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत…