काठमाण्डौं, १३ पुस । नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले आज बुधवार गृह मन्त्रालयमा मन्त्री लामिछानेलाई भेट गरी बधाई तथा शुभकामना दिँदै उद्योगी व्यवसायीको समस्या, सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको छ । परिसङ्घका अध्यक्ष अग्रवालले मागमा…