दाङ, २९ माघ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले हिजो शनिवार नियुक्त भएका मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो । पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट तीन जना, माओवादी केन्द्रबाट दुई जना, राप्रपा र जनमत पार्टीबाट एक–एक…