ब्रेकिंग न्युज

रुपन्देही उद्योग संघको अधिवेशनको मिति तोकियो




रुपन्देही २६ भदौ ।रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी आश्विन २९ गते सोमबार हुने भएको छ । २०३५ सालमा अग्रज उद्योगीहरुको पहलमा स्थापित रुपन्देही उद्योग संघ जिल्ला भरिका उद्योगीहरुको साझा संस्था हो । जिल्ला भरीका ठूलादेखि घरेलु सम्मका १०५३ उद्योगहरु हाल रुपन्देही उद्योग संघमा आवद्ध रहेको कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले वताउनु भयो ।
संघको कार्यसमितिको बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको र आवश्यक तयारीका लागि विभिन्न उपसमिति तथा निर्वाचन समिति केही दिनमै गठन गर्ने निर्णय गरेको र संघका महासचिव हरि बहादुर खत्रीले बताउनु भएको छ । संघको विधान बमोजिम अधिवेशन हुनु भन्दा २१ दिन अघिसम्म नविकरण भएका सदस्य उद्योगीहरुले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था भए बमोजिम नविकरणको समयावधी आश्विन ८ गतेसम्म कायम गरिएको समेत संघले जनाएको छ । संघको कार्यसमितिमा आजिवन, साधारण, एशोसिएट, महिला, संस्थागत र तहगत सहभागिता रहने व्यवस्था रहेको छ ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६