कपिलवस्तु, असोज ६ गते।नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य झविलाल पोख्रेलले जेनजी पुस्ताले अघि सारेको भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै त्यसलाई सफल बनाउन सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार कपिलवस्तुमा आयोजित कार्यक्रममा उनले जेनजीको नाममा भइरहेको घुसपैठ, तोकफोड तथा अनियमित गतिविधि तत्काल रोक्नुपर्ने र त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने…