रुपन्देही, १९ मंसिर । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा सोमबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु…