काठमाण्डौ, १८ कार्तिक ।नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ । काठमाण्डौ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । दुवै पक्षको बहस सकिएसँगै अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।…