काठमाडौं, ०१ साउन । सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार (आज) अपराह्न ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि…