प्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने



काठमाडौं, १ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन । निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ ।

प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भएको तर्क लामिछानेको छ । तर, उनले आफूहरु व्यवस्था विरोधी नभएको जिकिर गरेका छन् । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन,’ उनको तर्क छ, ‘हामी व्यवस्थाविरुद्ध छैनौं । मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’

प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गरेका लामिछानेको पार्टीले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क गरेको छ । प्रदेश मुख्यमन्त्री र फरक लिंगको एक उपमुख्यमन्त्री हुने र प्रत्यक्ष निर्वाचिन मुख्यमन्त्रीहरुले नै जिल्ला प्रमुख नियुक्त गर्नु पर्ने उनको भनाइ छ ।

मुख्यमन्त्रीले सोझै राष्ट्रपतिसँग सपथ लिने व्यवस्था हुनुपर्नेमा जोड दिएका लामिछानेले पालिका सभाका सदस्यबाट प्रदेश परिषद गठन गर्ने धारणा राखेका छन् । प्रदेश परिषदमा पालिका प्रमुख र उपप्रमुख मात्रै रहने छन् । प्रदेश परिषदले नै प्रदेशसभाको काम गर्ने छ । प्रदेश परिषदको बैठक वर्षमा २ पटक मात्रै बस्ने उनको प्रस्ताव छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६