काठमाण्डौ, १८ भाद्र । आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिन्छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाउन थालिएको दिवस सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । हानिकारक किटाणु तथा सडेको मासु…