लुम्बिनी, १६ भाद्र ।लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशन स्थायी राजधानी दाङमै सञ्चालन गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकारका मन्त्रालयका लागि भौतिक संरचना निर्माणका काम अझै नसकिए पनि प्रदेशसभा बैठक भने स्थायी राजधानी मै सञ्चालन गर्ने गरी तयारी तीव्र तुल्याइएको हो । दाङमा प्रदेशसभाको निर्माणाधीन भवनको काम ९० प्रतिशत पूरा भइसकेको जनाइएको छ ।…