बुटवल, ७ साउन । रुपन्देहीको गैडहवा गाउँपालिकाको २५ लाख रुपियाँ लगानीमा निर्माण भएको पाँच सय मिटर सडक एक वर्ष नहुँदै भत्किएको छ । सडक भत्किएपछि स्थानीयले निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको र प्राविधिक लापरबाही भएको भन्दै पुनः निर्माणको माग गरेका छन् ।सडक अनुगमन गर्ने गाउँपालिकाका इन्जिनियरको लापरबाहीका कारण सडक भत्किएको आरोप स्थानीयको छ । गैडहवा–९, मन्द्रानी टोलदेखि…