दाङ, २० असार । दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागहरुमध्ये आधाभन्दा बढी मागहरु सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो । सहमति अनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकूलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको…