काठमाण्डाै, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताउनुभएको छ ।गठबन्धनका शीर्ष नेतासहित प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणमा बारा पुग्नुभएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्राकृतिक श्रोतको कम क्षति हुने गरी अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताउनुभयो । दुईवटा रनवेसहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले कसरी कम क्षतिमा विमानस्थल बनाउन सकिन्छ…