काठमाण्डौ, २५ असार । ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले दरखास्त आह्वान गरेको छ । हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एक,एक जना रोजगार सहायक पदका लागि विज्ञापन गरिएको हो । स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र…