चन्द्रौटा,९ जेठ कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले अनिवार्य माध्यमिक शिक्षा सम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेका छन् । निर्वाचित भएपश्चात् पहिलो दिन कार्यालयमा पदभार ग्रहण गर्दै थापाले नगरमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अब माध्यमिक तह सम्म कुनै पनि शुल्क तिर्नु नपर्ने बताउनुभयो । सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि विद्यालयहरूले विभिन्न वाहानामा…