दोधारा चाँदनी (कञ्चनपुर),२८ भदौ महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ । अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले जानकारी दिनुभयो । “६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडानकार्य अन्तिम चरणमा छ ।” उहाँले भन्नुभयो,…