१३ मंसिर, कपिलवस्तु नेकपा ९एमाले०को ११औं राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट चयन हुने १६ प्रतिनिधि सर्वसम्मतरूपमा टुंगिएको छ। एमाले कपिलवस्तुका अनुसार क्षेत्र नं। १ बाट खुलातर्फ प्रदेश कमिटी सदस्य डम्मर शर्मा र विश्राम प्रसाद चौधरी, महिलातर्फ प्रदेश कमिटी सदस्य विमला नेपाली चौधरी, अनेमासंघ जिल्ला अध्यक्ष शान्ता पाण्डे, तथा युवा तर्फ जिल्ला सचिवालय सदस्य टुकलाल गैरै…