लगातारको वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका– ३, बाख्रेभिरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए। रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ सडक सञ्चालनमा आएको जिल्ला प्रहरी…