भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने घोषणा गर्नुभएको छ । आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा मुख्यमन्त्री मानले पञ्जाबका नागरिकले हरेक महिना तीन सय युनिटसम्मको बिजुली नि:शुल्क पाउने घोषणा गर्नुभएको हो । उहाँले औद्योगिक उपभोक्ताको लागि महसुल नबढाउने र कृषकहरुका उपकरणमा लाग्ने…