काठमाण्डौ, ३० चैत्र । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बिहान जीप दुर्घटना हुँदा २ जना प्रहरीको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको…