रुकुम पूर्व, २८ वैशाख । एक महिलाको अपहरण गरेर हत्या गरेको आरोपमा रुकुम पूर्वमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बहालवाला जनप्रतिनिधि, पालिका तह निर्वाचनका उम्मेदवार र एक जना माओवादी कार्यकर्ता रहेका जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । प्रहरीका अनुसार रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका ११ का वडाध्यक्ष जयकुमार बुढा, उहाँका भाइ अर्जुन बुढा…