भक्तपुरको चाँगुनारायण नगरपालिकामा खहरे खोला मासेर प्लानिङको लागि सडक निर्माणको काम गरिएकोप्रति स्थानीयहरुले आपत्ति जनाएका छन्। चाँगुनारायण नगरपालिकामा वडा नं ५ खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य सुरु गरिएको र यसले बस्ती नै डुबानमा पर्ने भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले प्लानिङ परमिट स्वीकृत गराएर मात्रै हाउजिङ, अपार्टमेन्ट र घडेरी…