काठमाण्डौ, २१ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवाष नेम्वाङले वर्तमान सरकारले नेपालको चुच्चे नक्सा गायब गरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा वर्तमान सरकारले गायब गरेको बताउनुभएको हो ।…