सुदूरपश्चिम प्रदेशसभाको पाँचौं स्थापना दिवसका अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तोकेको स्थानमा स्थायी राजधानी बनाउन नदिएको भन्दै संघीय सरकारप्रति आक्रोश पोखे। धनगढीमा शुक्रबार आयोजित प्रदेशसभा स्थापना दिवसमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तोकेको राजधानीस्थल तेघरी जंगलको जग्गा संघीय सरकारले नदिएको भन्दै आक्रोश पोखेका हुन्। प्रदेशसभा स्थापना दिवसमा सभामुख अर्जुनबहादुर थापाले पनि स्थायी राजधानी तोकिएको तेघरीमा…