सुदूरपश्चिम, ९ साउन पाँच बुँदे माग राखी तीन दिनदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्दै आउनुभएका प्राडा गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको अस्पताल प्रमुख डा हेमराज पाण्डेले जानकारी दिनुभयो…