ब्रेकिंग न्युज

दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु



नवलपुर (नवलपरासी), १७ असोजः

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको यात्रीवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले राससलाई जानकारी दिनुभयो । घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

प्रकाशित : १७ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६