लुम्बिनी, १७ भदौः लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौबुँदे निर्णय गर्दै सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले निर्णय…