काठमाडौँ ६ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह भन्दा पहिले प्रतिनिधिसभाको निर्वाचनको प्रस्ताव गरेपछि मुलुकमा नयाँ राजनीतिक तरंग फैलिएको छ । अहिलेको प्रतिनिधिसभाको आयू अझै एक वर्ष बाँकी छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा सर्वाेच्चले बदर गरेको थियो । प्रतिनिधिसभा पूरा समय जिवित रहनुपर्ने…