कपिलवस्तु, पुस १६ ।मधौलिया सामुदायिक वन उपभोक्ता समूहको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार आज सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले वनको संरक्षण, संबद्र्धनमा समितिका सम्पूर्ण पधाधिकारी तथा सदस्यको महत्वपूर्ण योगदान रहेको बताए । उनले आगामी दिनमा वनको चौतर्फी विकासमा सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गरे…