काठमाडौँ २५ पुस — कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेको छ । सीसीएमसीले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन विभिन्न निकायलाई सिफारिस गरेको हो ।कोरोना संक्रमण रोकथामका लागि सीसीएमसीले…