काठमाण्डौ, ०८ पुष । नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार पाँच सय ३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, आयोग ७५,…