देउखुरी, भाद्र १० लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका (तीज) पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताउनु भएको छ । उहाँले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य गर्दै आएको उल्लेख गर्नुभएको हो ।‘तीज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत असमानताहरूको…