ढोरपाटन (बागलुङ), २६ पुस गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमै पुगेर क्षयरोगीको खोजी सुरु गरेको छ । गण्डकीका ११ जिल्लामा पुगेर प्रदेश सरकारले छातीको एक्सरेद्वारा क्षयरोगी खोजी सुरु गर्न थालेको हो । प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशबाट चिकित्सकसहितको प्राविधिक टोलिले गण्डकी प्रदेशका जिल्लाजिल्लामा पुगेर जाँच सुरु गरिसकेको छ । अघिल्लो वर्ष प्रदेशका ११ जिल्लाका विभिन्न क्षयरोगको…