पोखरा, २७ जेठ पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ । बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बाँस्तोलाले बताउनुभयो ।…