घोराही, ०२ वैशाख । दाङको बङ्गलाचुली गाउँपालिका–४, गहतेरा निवासी मुगा डाँगी अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवारलाई सुकाखोलाको पानीले सिञ्चित भएको करिब चार रोपनी जग्गामा धान रोप्दै हुनुहुन्छ । खाली समयमा बस्नुभन्दा पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान…