प्रदेश

गुल्मीदरबार गाउँपालिका बिभिन्न स्थानमा आगलागी



गुल्मी, १७ वैशाख ।

गुल्मीदरबार गाउँपालिका वडा नं. ५ र ७ गुल्मीमा आज भएको आगलागी बाट स्थानियको करोड बढीको क्षती भएको छ । बनमा लागेको डढेलो बस्तिमा पस्दा वडा नं। ७ चारपालामा ३ वटा घर ४ वटा गोठ एउटा मोटर साईकल जलेका छन । २ वटा भैसी ८ वटा बाख्रा मरेका छन ।

वडा नं. ५ अमरअर्वाथोकमा एक घर र २ वटा गोठ जल्दा करोड बढीको क्षती भएको गाउँपालिका अध्यक्ष सरोज थापाले बताउनु भयो । आगो निभाउन प्रयोग गरिएको स्थानियको ट्याङ्कर दुर्घटना भएको छ । दुर्घटनामा ट्याङ्कर चालक र सहचालक घाईते भएका छन घाईते दुइ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उचार भईरहेको छ । स्थानिय,सुरक्षाकर्मी,नेपाली सेना र रेसुङ्गा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका छन । आगलागी पिडित र घटनाको थप बिवरण आउन बाँकी छ ।

प्रकाशित : १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६