कपिलबस्तु, २० साउन । नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ४० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार अहिलेसम्म ४० जनाले नागरिकता त्याग गरेको बताउनुभयो । नेपाली नागरिकता त्याग गर्ने मध्ये ३३ जना भारत, अमेरिका, बेलायत र जर्मन दुई दुई…