चन्द्रौटा, ०५ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कपिलवस्तुलाई सुन्दर शहर बनाउनुपर्ने बताएका छन्। अबको विकास कपिलवस्तुबाट शुरु गर्ने बताउँदै सुन्दर शहर निर्माणका लागि प्रदेशले डिपिआर निर्माण गर्ने बताए। शुक्रवार हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको गनवरिया चोकदेखि दक्षिण सेमरी हुँदै सिसवा शान्तिनगरसम्मको सडक शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले हरेक विकास, रोजगारी र आत्मनिर्भरसँग जोडिने बताए।…