बुटवल, १५ चैत । लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको अन्योलमा रहेको पाइएको छ । संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा त्यसको प्रभाव पर्दा बजेट निर्माणमा अन्योल देखिएको हो । उक्त कारण आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट निर्माण कार्य सुरु हुन सकेको छैन । आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण कार्य सुरु नै नभएको लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको…