दाङ, २९ भदौ ।दाङमा जाँडरक्सी खाएर छोराले कुट्दा बाबुको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीको कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको ज्यान गएको हो । गम्भीर घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भएको छ । सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको उहाँले…