दाङ, १० साउन । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर 'कर्निया' अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो हो । आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा…