कपिलवस्तु, १२ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबार शुरु हुँदैछ। प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन्। बैठकको शुरुमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ। त्यसपछि दलहरूको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना मन्तव्य राख्नेछन्। प्रदेश सभा…